पाकिस्तानका रेलमन्त्रीले भने – डिसेम्बरतिर भारतसँग युद्ध हुने देखिन्छ

0

बीबीसी – भारतले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको अगष्ट ५ को निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ ।

चार अघिमात्र उसले भारतीय उडानलाई आफ्नो आकाश प्रयोगमा रोक लगाउने चेतावनी विदेशमन्त्रीले दिएका थिए । यस्तै तनावबीच बिहीबार मात्र उसले भारतसँग केही महिनायभित्रै युद्ध हुनसक्ने खतरा बढेको अभिव्यक्ति दिन थालेको छ ।

पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने बताएका छन् । ‘अक्टुबरको अन्त्यतिर वा नोभेम्बर–डिसेम्बरतिर भारत–पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु’ पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भने ।

यसका लागि जनतालाई तयार पार्न भनिसकेको बताउँदै युद्ध हुन्छ नै भन्ने त छैन, तर अरु ठूला मानिसले जसरी मोदीलाई सम्झाएर गल्ती गर्ने पक्षमा पाकिस्तान नरहेको संचारकर्मीसँग बताएका थिए । भारतीय हस्तक्षेपपछि कश्मीरका मुसलमानहरूले पाकिस्तानको मुख ताकेको रेलमन्त्री अहमदको दाबी छ ।

भारतको पनि अक्रोशपूर्ण प्रतिक्रिया

पाकिस्तानी नेताहरूको चर्का टिप्पणीप्रति बिहीवार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले प्रेस सम्मेलनमा बोल्दै पाकिस्तानले भारतको आन्तरिक मामिलामा गैरजिम्मेवारीपूर्ण बयानवाजी गरिरहेको बताए ।

प्रवक्ता कुमारले पत्रकार सम्मेलमा भने, ‘पाकिस्तानको तर्फबाट निकै गैरजिम्मेवारपूर्ण वक्तव्य आइरहेका छन् । भारत तिनको कडा शब्दमा भत्र्सना गर्छ । पाकिस्तानको यो बयानबाजी भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’

पाकिस्तानी नेतृत्व तथा टिप्पणीकारहरूले निकै उत्तेजक अभिव्यक्ति दिइरहेको रवीश कुमारले ट्विटरमा जिहादको कुरा गरेर उनीहरूले भारतमा अवस्था अनियन्त्रित भएको देखाउन खोजेको बताउँदै भने, ‘पाकिस्तानले बुझ्नुपर्छ कि संसारले उसको चाल थाहा पाइसकेको छ । कोही पनि मूर्ख बन्नेछैनन् ।’

Leave A Reply

Your email address will not be published.