अमेरिकासँग वार्ताका लागि इरानको शर्त – ‘प्रतिबन्धहरु हटाइनुपर्छ’

0

काठमाण्डौं – इरानले अमेरिकासँग वार्ता गर्न रुचि देखाएको सन्दर्भले चर्चा पाइरहेकै बेला इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकासँग वार्ताका लागि इरानविरूद्ध उसले लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने पूर्वशर्त रहेको अभिव्यक्ति दिएका छन् ।

इरानी टेलिभिजनमार्फत मंगलबार (भदौ १०) प्रत्यक्ष प्रशारण भएको एक सम्बोधनमा राष्ट्रपति रौहानीले भने, ‘वार्ताका लागि पहिलो शर्त अमेरिकाले इरानविरुद्ध लगाएको ‘निर्मम’ तथा ‘गैरकानूनी’ प्रतिबन्ध हटाएर इरानीको अधिकारको सम्मान गर्नुपर्ने हुन्छ ।’

‘हाम्रो व्यवहारमा कुनै परिवर्तन हुन अमेरिकाले विगतमा गरेका निर्णयप्रतिको पश्चातापबाट मात्र सम्भव छ ।’

‘मैले पुनः दृढतासाथ यो भन्छु कि उनी (अमेरिकी)हरूले सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुने गलत निर्णयलाई सच्चाउन तयार बन्नुपर्छ ।’

रौहानीले अगाडि भनेका छन्, ‘उनीहरूले विश्वको चाहना र सुरक्षालाई सम्मान गर्नुपर्छ र इरानको क्रान्ति र इरानीहरूको अधिकारलाई मान्यता दिनुपर्छ ।’

यदि राष्ट्रियताको पक्षमा गरिने कुनै पनि भेटवार्ताका लागि आफू तयार रहने इरानी राष्ट्रपति रौहानीले सोमबार बताएका थिए ।

यसैबीच इरानी अधिकारीहरूले पनि अमेरिकासँगको वार्ताका लागि वासिङ्टन आणविक सम्झौता अनुरूप चल्नुपर्ने धारणा अघिसारेका छन् ।

Leave A Reply

Your email address will not be published.