‘बाबाममी र छोराछोरी खेल खेलौं’ भन्दै दिदीबहिनी बलात्कृत, दाजुभाइ पक्राउ

0

भक्तपुर – आफ्नै दिदी बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन् । ८ वर्षीया बहिनी बलात्कार गरेको अभियोगमा १६ वर्षीया दाजु र १६ वर्षीया दिदी बलात्कारको आरोपमा भाइ पक्राउ परेका हुन् । घरमा कोही नभएको बेला ‘बाबा–ममी र छोरा–छोरी खेल खेलौं’ भन्दै आफ्नै दिदी र बहिनीमाथि बलात्कार गरेको भन्दै ललितपुर प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको हो ।

उनीहरूसँगै दुवै दिदी बहिनीलाई बलात्कार गरेको अभियोगमा अन्य दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतका बाँका जिल्ला मागलपुर खुल्लीडुमरका ३५ वर्षीय सञ्जय मण्डल र मोरङ पथरी घर भइ हाल ललितपुर महानगरपालिका–१४ बुढाथोकीगाउँमा बस्दै आएका १९ वर्षीय विकेश खड्का रहेका छन् । मण्डलले गत जेठ २९ गते पीडित मध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि घटना बाहिर आएको हो ।

बलात्कारको आरोपमा मण्डल पक्राउ परेपछि अन्यको समेत पोल खुलेको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोले मण्डलमाथि अनुसन्धान थालेपछि दिदीलाई आफ्नै भाइ र बहिनीलाई आफ्नै दाइले पनि बलात्कार गरेको खुल्न आएको हो । यतिबेला चारै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

मण्डलले ८ वर्षकी बालिकालाई ३० रुपैयाँ र १६ वर्षीया किशोरीलाई ५० रुपैयाँ दिएर शुरुमा एकै पटक बलात्कार गरेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार मण्डलले विगत केही महिना यता कहिले २० त कहिले ३० रुपैयाँ दिएर फकाउँदै उनीहरुमाथि यौनशोषण गर्दै आएका थिए । घरमा कोही नभएको मौकामा मण्डल उनीहरूको कोठामा जाने र फकाउँदै शोषण गर्ने गरेको एसएसपी धानुकको भनाइ छ ।

पछिल्लो पटक मण्डलले १६ वर्षीया किशोरीलाई दुई सय रुपैयाँ दिएर यौनशोषण गरेका थिए । घरमा आमाबुबा नभएको मौकामा भाँडाकुट्टी खेल्ने भन्दै दाजु भाइले कोठामै यौनशोषण गर्दै आएको पाइएको छ । एउटै घरमा सँगै बस्दै आएका दुवै किशोरीको दाजुभाइले बेला–बेला बलात्कार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रका अनुसार खड्काले पनि १६ वर्षीया किशोरीलाई जर्बजस्ती करणी गरेको पाइएको हो । विकेशले प्रहरीसमक्ष डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको र त्यही बेला सहमतिमै यौनसम्पर्क भएको बयान दिएका छन् । त्यतिबेला स्कुल छुट्टी हुनासाथ भेटेर किशोरीकै कोठामा गएर यौनसम्पर्क गर्ने गरेको विकेशले प्रहरी समक्ष बताएका छन् । विकेशविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै किशोरीले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन् ।

दिदी ४ जना र बहिनी ३ जनाबाट बलात्कारको शिकार भएको प्रहरी अनुसन्धानले देखाएको छ । दिदीमाथि मण्डल, विवेकसहित दुवै दाजुभाइले पनि बलात्कार गर्दै आएको डीएसपी मिश्रले बताए । बहिनी भने मण्डल र दुई दाजुभाईबाट बलात्कृत हुँदै आएकी छन् । उनी विकेशबाट जोगिएकी छन् ।

कसरी पत्ता लाग्यो घटनाको रहस्य ?


उक्त घटनाबारे घरबेटीले प्रहरीलाई जानकारी गराएका थिए । विगत ३, ४ महिनादेखि कहीँकतै हल्ला नभएको खबर प्रहरीले भदौ ६ गते घरबेटीबाट पाएको थियो । १६ वर्षीया किशोरीले घटनाबारे घरबेटीलाई बताएकी थिइन् । घरबेटीले दिएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता रहेको खुल्न आएको डीएसपी मिश्रको भनाइ छ ।

घटनाबारे परिवारलाई थाहा भएपछि दुवै जना दिदीबहिनीले चारैजनाविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएका थिए । सोही आधारमा चारैजना भदौ ७ गते साँझ आफ्नै डेराबाट पक्राउ परेका हुन् । पक्राउ परेका चारैजनामाथि जबर्जस्ती करणी मुद्दा अगाडि बढेको छ ।

Leave A Reply

Your email address will not be published.