अदालतले भन्यो – तनाव दिएकै कारण आ-त्म-ह-त्या गर्नुपरेको शालिकरामको भिडियो विश्वासयोग्य देखिएन

0

काठमाण्डौं – गत साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलको २०२ नं. कोठामा झुण्डिएको मृत अवस्थामा फेला पारिएका पत्रकार शालिकराम पुडासैनीको भिडियो रेकर्डमाथि अदालतले गम्भीर प्रश्न उठाएको छ ।

‘आ-त्म-ह-त्या दुरुत्साहन’ मुद्दामाथि सोमबार भएको बहसपछि दिएको आदेशमा चितवन जिल्ला अदालतले सरकार पक्षले पेश गरेको प्रमाणमाति प्रश्न उठाएको हो । आदेश न्यायाधीश हेमन्त रावलको आदेशले सरकारी वकिलको कार्यालयले प्रमाणको रुपमा अदालतमा पेश गरेको भिडियो रेकर्डमाथि उक्त प्रश्न उठाएको हो ।

प्रहरीले मृतकको साथबाट बरामद भएको भिडियो रेकर्डलाई चितवन जिल्ला अदालतमा तीन जना अभियुक्तहरुमाथिको अभियोगपत्रसहित दसी–प्रमाणको रुपमा जिल्ला सरकारी वकिलको कार्यालयले गरेको थियो ।

देह-त्याग गर्नुपूर्व रेकर्ड गरी छाडिएको भनिएको उक्त भिडियोमा शालिकराम पुडासैनीले रबि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीले आफूलाई मानसिक र शारीरिक तनाव दिएर आ-त्म-ह-त्या गर्न बाध्य पारिएको कथन उल्लेख थियो ।

सोही कथनलाई ‘आ-त्म-ह-त्या दुरुत्साहन’ कसुरसम्बन्धी मुद्दामा प्रमाणको रुपमा समावेश गरिएको थियो । तर अदालतले सो कथनलाई विश्वासयोग्य नदेखिएको ठहर गरेको छ । दुई महिनापहिले दिएको भनिएको तनाव यतिखेरको आ-त्म-ह-त्याको कारण मान्न सकिने अवस्था नदेखिएको समेत आदेशले ठहर गरेको छ ।

‘मृतकले भिडियो कथनमा यी प्रतिवादीहरुले आफूलाई सँगैकामम गर्ने क्रममा विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका थिए भनी उल्लेख गरेको देखिँदा दुई महिना पहिलो सँगै काम गर्ने क्रममा दिएको भनिएको शारीरिक एवं मानसिक तनावले अहिले यतिबेला आ-त्म-ह-त्या गर्नु परेको भन्ने भनाई समय सान्दर्भिकताको दृष्टिले समेत विश्वासयोग्य मान्न सकिने अवस्था देखिएन’ न्यायाधीश हेमन्त रावलेको एकल इजलासले सोमबार जारी गरेको आदेपर्चाको पृष्ठ ९ मा भनिएको छ । सेल्फी भिडियो खिचिएको भन्ने प्रहरीको दाबीमाथि पनि अदालतले प्रश्न उठाएकाे छ ।

पुडासैनीलाई आ-त्म-ह-त्या बाध्य पारेको सम्बन्धी अभियोगमा अनुसन्धानका लागि भन्दै लामिछाने, कार्की र कँडेललाई साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन लगिएको थियो ।

Leave A Reply

Your email address will not be published.