दुई हप्तापछि जम्मु – कश्मिरबारे बोल्यो इरान

0

ब्रिटिस सरकारलाई लगायो गम्भिर आरोप

बीबीसी – इरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह खामेनीले भारत प्रशासित कश्मिरको विषयलाई आफ्नो विचार व्यक्ति गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै विशेष गरेर कश्मिरमा बसोबास गर्दै आएका मुसलमान समुदायको विषयमा चासो व्यक्त गरेका हुन् ।

भारतले जम्मु – कश्मिरको स्वतन्त्रता हटाएर केन्द्रशासित बनाएको दुई हप्तापछि इरानबाट यस्तो अभिव्यक्ति आएको हो ।

उनले ट्वीट गर्दै भनेका छन्– ‘कश्मिरमा मुसलमान समुदायलाई लिएर म चिन्तित छु । भारतसँग हाम्रो राम्रो सम्बन्ध छ तर हामी भारत सरकारसँग यो अपेक्षा गर्छौ की कश्मिरका जनताको हकमा नीति बनाइ यस क्षेत्रका मुसलमानमाथि अत्याचार रोकियोस् ।’

खामेनीले कश्मिरमा उत्पन्न समस्यालाई लिएर ब्रिटिस सरकार जिम्मेदार रहेको बताएका छन् । उनले सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत मुक्त हुँदा ब्रिटिस सरकारले जानीजानी एउटा चोट छोडेर गएको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.