संकटमा अमेजन रेनफरेस्ट: ‘हाम्रो घर जलिरहेछ’ – इमानुएल म्याक्रो

0

एजेन्सी – ब्राजिलको अमेजन रेनफरेस्टमा अत्याधिक मात्रामा भइरहेको आगलागीप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेजन रेनफरेस्टमा लागेको डढेलो अन्तर्राष्ट्रिय संकट या विपद रहेको बताएका छन् ।

जी सेभेन राष्ट्रको सम्मेलनअघि उनले अमेजन जंगलमा लागेको डढेलो विश्वव्यापी चिन्ताको विषय रहेको र यो सम्मेलनको एजेण्डा बन्नु पर्ने बताएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘आवर हाउस इज बर्निङ्ग (हाम्रो घर जलिरहेको छ)’ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो सरकार वार्ताका लागि तयार रहेको बताएका छन् । तर ब्राजिल सहभागी नभएको जी सेभेनमा यसबारे छलफल गर्नु अधिनायकवादी मानसिकताको उपज हुने बताएका छन् ।

बोल्सोनारोले अमेजन जंगलमा लागेको डढेलोका बारेमा भइरहेको अघिक छलफलमा एनजिओको हात रहेको आरोप लगाएका थिए ।

तीव्र गतिमा फडानी अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको देखिएको हो ।

Emmanuel Macron@EmmanuelMacron

Our house is burning. Literally. The Amazon rain forest – the lungs which produces 20% of our planet’s oxygen – is on fire. It is an international crisis. Members of the G7 Summit, let’s discuss this emergency first order in two days! #ActForTheAmazon

View image on Twitter

37.9K1:00 AM – Aug 23, 2019Twitter Ads info and privacy24.2K people are talking about this


गएको वर्षको सोही अवधिको तुलनामा यो वर्ष अमेजन रेनफरेस्टमा डढेलोको मात्रा ८३ प्रतिशतले बढेको स्याटेलाइट तथ्यांकले देखाएको इनपेले उल्लेख गरेको छ ।

बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।

अमेजन रेनफरेस्टमा लागेको आगोका कारण निस्किएको धुवाँले गर्दा साओ पाओलो शहरमा गएको सोमबार दिउँसो ब्ल्याकआउट भएको थियो ।

अमेजोनास र रोन्डोनिया राज्यमा पर्ने अमेजन रेनफरेस्ट क्षेत्रमा लागेको आगो तथा त्यहाँबाट चलेको हावाका कारण सोमबार दिउँसो झण्डै एक घण्टा साओ पाओलोमा ब्ल्याकआउट भएको थियो । आगलागी भएको क्षेत्र साओ पाओलोबाट २७ सय किलोमिटर भन्दा पर पर्छ ।

यो वर्षको जनवरीदेखि अगस्टसम्ममा अमेजन जंगलमा आगलागीका ७२ हजार घटना भएको इनपेले उल्लेख गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०१३ यता इनपेले अमेजनमा हुने आगलागीका घटनाको तथ्यांक राख्न थालेयता यो सबैभन्दा बढी हो ।

गर्मी मौसममा ब्राजिलका जंगलमा आगलागी हुने गरेका छन्, तर कृषि तथा पशु चरनका लागि गैरकानूनी रुपमा वनमा आगो लगाइने गरेको पनि छ ।

इनपेको भनाईप्रति राष्ट्रपति बोल्सोनारोले आक्रोश व्यक्त गरेका छन् । किसानले जमिन सफा गर्नका लागि आगो लगाउने भएकाले यो समय आगो लाग्ने उनको भनाई रहँदै आएको छ ।

तर इनपेले भने सामान्यतया अघिल्ला वर्षको सुक्खा समय लाग्ने गरेको भन्दा यो वर्ष अत्याधिक मात्रामा आगलागी भएको जनाएको छ ।

बोल्सोनारोले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको वातावरणविदले बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ । अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ ।

Leave A Reply

Your email address will not be published.