भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

0

नयाँदिल्ली \ एजेन्सी – भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए । तर अदालतले उनको माग अस्वीकार गरेको थियो । त्यस लगत्तै उनी फरार भएका थिए ।

उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो । त्यहाँ उनी थिएनन् । प्रहरीले चिदम्बरमका विरुद्ध सूचना जारी गरेको थियो । उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो । उनलाई अनुमतिविना देश बाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो । चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए ।

चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर किन्नुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो । यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो ।

Leave A Reply

Your email address will not be published.