जिप दुर्घटना हुँदा अछाममा तीन जनाको मृत्युु

0

काठमाण्डौं – अछामको वान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ मा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वान्नीगढी जयगढ गाउपालिका ४ का अशोक परियार, सोहि ठाउँकै कालु सि आउजी, र बैतडीका लालबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्वरको जिप राती ७ बजे तिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । रातीको समयमा कच्चीबाटो र पानी परेकाले दुर्घटना भएको प्रहरी अनुमान गरेको छ ।

Leave A Reply

Your email address will not be published.