फेसबुकमा यस्तो स्टाटस लेख्दै रवि लामिछानेलाई भेट्न चितवन पुगे गायक रामकृष्ण ढकाल

0

काठमाण्डौं – यतिबेला चारैतिर रवि लामिछानेको चर्चा छ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने यतिबेला चितवनमा छन् । उनी पक्राउ परेसँगै उनलाई धेरै कलाकारहरुले समेत सपोर्ट गरिरहेका छन् । यस्तै चर्चिच गायम रामकृष्ण ढकाल त उनलाई भेट्न चितवन नै पुगेका छन् ।

चितवन जानुअघि विमानस्थलमा आफ्नो एक तस्बिर सार्वजनिक गर्दै रामकृष्ण ढकालले रविको लागि स्टाटस समेत लेखेका छन् । उनले रविलाई हिम्मत नहार्न समेत आग्रह गरेका छन् ।

रामकृष्णको स्टाटस जस्ताको तस्तै –

‘सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्यो भने त्यो सत्य होइन !!! सत्यको जीत हुन्छ रवि । निस्पक्ष र पारदर्शी अनुसन्धान होस ।’

Leave A Reply

Your email address will not be published.