योजना आयोगका नासुले कार्यालयमै गरे आत्महत्या

0

काठमाण्डौं – राष्ट्रिय योजना आयोगका कर्मचारी बच्चु केसी सिंहदरबारस्थित कार्यालय भवनभित्रै मृत फेला परेका छन् । ४५ वर्षीय नायव सुब्बा केसी सोमबार राती कार्यालय पुगेका र मंगलबार मृत अवस्थामा भेटिएका प्रहरी स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुमानका आधारमा बताइएअनुसार सोमबार कार्यालय समय समाप्तिसँगै बााहर निस्केका केसी पुनः राति ८ बजेको समयमा योजना आयोग पुगेका थिए । आयोग कार्यालयमा जडित सिसिटिभी फुटेजमा उनी उक्त समयमा पुनः अफिस प्रवेश गरेको देखिन्छ ।

मंगलबार बिहान ११ बजेतिर कार्यालयको बैठक बस्ने तयारी भइरहेका बेला आयोगको मिटिङ हलमा केसीको शव फेला परेको बताइएको छ । कर्मचारीको शव फेला परेपछि आयोगको बैठक अवरुद्ध भएको छ ।

शवको परीक्षण गरेपछि मात्रै थप विवरण सार्वजनिक हुने बताइए पनि केसीले विष सेवन गरेर आत्महत्या गरेको अनुमान लगाइएको छ । उनको शवसँगै वान्ता गरेको अवस्थाका आधारमा विष सेवन गरी आत्महत्या गरिएको अनुमान गरिएको हो ।

Leave A Reply

Your email address will not be published.