रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालत लगिँदै

0

काठमाण्डौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज (मंगलबार) म्याद थपका लागि अदालत लगिँदैछ ।

यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो । तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ । तर उनीहरुले दिएको बयानबारे अनुसन्धान जारी नै रहेकोले अहिले बोल्न नमिल्ने एसपी मल्लले बताए ।

आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका छन् । सोही भिडियोका आधारमा पक्राउ परेका तीनैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.