नेकपाको सचिवालय बैठक बस्दै, त्यसपछि सर्वदलीय बैठक

0

काठमाण्डौं – पार्टीका विभागहरुको नेतृत्व सम्बन्धी विवाद लामो प्रयासबाट टुंग्याएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गरेको छ । त्यसका लागि नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ ।

दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको पोलिट्ब्युरो कमिटि, विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ । नेकपाले विभागसहित जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सहइन्चार्जसहितका विषय भने टुंग्याएको छ ।

नेकपाले अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिन बाँकी छ । यस्तै सम्पर्क समन्वय कमिटि, विशेष प्रदेश कमिटि, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयीक राजनीतिक परिवेशबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक बेलुका पाँच बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

सर्वदलीय बैठकमा संक्रमणकालीन न्यायको विषयबारे विशेष छलफल हुने जनाइएको छ । त्यसका लागि प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका छन् ।

बैठकमा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्ने बारे विशेष रुपमा छलफल हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.