ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

0

एजेन्सी – सोमवारको ईद-उल-अज्हा पर्वको अगाडि भारतीय अधिकारीहरूले कश्मीरमा पुन: सुरक्षा कडिकडाउ गरेका छन् । भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुन: पूर्ण बन्दको अवस्थामा छ ।

गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि कडिकडाउ पारिएको छ । आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन् ।

भारत सरकारद्वारा जम्मू-कश्मीरलाई दिइएको विशेष मान्यता समाप्तकश्मीरमा भारतले गरेको कडाइबारे राष्ट्रसङ्घको ‘गम्भीर चासो’मुसलमान बहुल जम्मू-कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार थप फौज गस्तीमा छन् ।

फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ।बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद-उल-अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए । त्यहाँ सोमवारबाट सो पर्व सुरु हुँदैछ ।

सबैको आँखा


जम्मू-कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारत प्रशासित कश्मीरको स्थितिमा परेको छ । सोमवार त्यहाँ इद पर्व छ र प्रशासनले कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो ।

त्यहाँस्थित बीबीसी सम्वाददाता आमिर पीरजादाले कर्फ्यु खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको बताएका थिए । उनले भने, “सोमवारको ईदको किनमेल गर्न सबैजना बाहिर निस्किएका थिए । गाडी चलेका थिए ।”

आइतवार करिब १२ बजेसम्म सडकमा निकै आवतजावत रहेको र कतिपय स्थानमा त ट्राफिक जाम पनि भएको उनले बताए । तर १२ बजेपछि अचानक पुन: कडिकडाउ गरियो । ” सुरक्षा बलले फेरि सडकमा ब्यारेकेड अवरोध खडा गर्न थाले र मानिसको चहलपहल स्वात्तै घट्यो,” पीरजादाले बताए ।

सूचना बन्द


त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्राय: बन्द छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन।शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थनापश्चात् विरोध प्रदर्शन भयो।कश्मीरको पछिल्लो अवस्था ‘आँधीअघिको शान्ति’, तर भारत सरकारले अवस्था नियन्त्रणमा रहेको र कतैपनि ठूलो विरोध प्रदर्शन नभएको बताएको छ । जम्मू-कश्मीर प्रहरीले ट्वीट गरेर प्रहरीका तर्फबाट एउटा पनि गोली नचलाइएको बताएको छ ।

प्रहरी प्रमुखले एक विज्ञप्ति जारी गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कश्मीरमा गोलीबारी भएको समाचार प्रसारण गरेको भएपनि त्यो पूरै गलत भएको जनाएका छन् ।

ईद कसरी मनाउने ?

यस्तो वातावरणमा अब त्यहाँ ईद कसरी मनाउने भन्ने प्रश्न उब्जिएको छ । बीबीसी सम्वाददाता रियाज मसरूरका अनुसार अघिपछि ईदको नमाज त्यहाँको जामा मस्जिदमा पढिन्थ्यो ।

त्यसका अतिरिक्त ईदगाह वा ठूला मैदानमा पनि नमाज पढिन्थ्यो । रियाजले भने, “अनन्तनाग, शोपियाँ, बाँदिपुरा, कुपवाडाजस्ता ठाउँमा ठूल्ठूला मैदानमा नमाज पढिन्थ्यो । तर यसपालि सायद घरघरमै वा बस्तीभित्रै नमाज पढ्ने अनुमति दिइन्छ ।”

Leave A Reply

Your email address will not be published.