झापाको वडा कार्यालयमा बम विष्फोट

0

झापा – झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए । एसपी मैनाली स्वयं घटनास्थलमा पुगेका छन् ।

वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएकोमा सोही समूहले बम विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ ।

यसअघि आइतबार राति दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडीहरुमा आगजनी गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.