हङकङमा बिहानैदेखि असहयोग आन्दोलन चर्कियो, सयभन्दा बढी हवाई उडान रद्ध

0

एजेन्सी – चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आज बिहानैदेखि सरकार विरोधी प्रदर्शन भएको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार सरकार विरोधी आन्दोलनकारीले असहयोग आन्दोलन गर्दा केही सववेहरु अस्तव्यस्त भएका छन् । १ सय भन्दा बढी हवाई उडानपनि रद्ध भएको जनाइएको छ ।

हडतालका कारण हङकङवासीको जनजीवन समेत प्रभावित भएको छ । सीएनएनका अनुसार शिक्षक, उड्डयन कर्मचारी, फाइनान्स सम्बन्धी कर्मचारी लगायत सबै हडतालमा उत्रेका छन् ।

आन्दोलनकारीले पक्राउ परेका मानिसहरु रिहा गर्नुपर्ने माग गर्दै आएका छन् । आज बिहान नै पत्रकार सम्मेलन गरेर हङकङका कार्यकारी प्रमुुख केरी लेमले आफूले पक्राउ परेका मानिसहरु रिहा गर्न नसक्ने बताएकी छन् । कानुनी राज्य अन्तर्गत आफूलाई त्यसो गर्ने अधिकार नभएको पनि उनले बताएकी छन् ।केही महिना यता हङकङमा भइरहेको प्रदर्शनका क्रममा दर्जनौ मानिस पक्राउ परेका छन् ।

हिजो मात्रै ४४ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो ।शुरुमा हङकङ सरकारले त्यहाँ बाट चीनमा सुपुर्दगी गर्न सकिने व्यहोराको कानुन ल्याएपछि आन्दोलन चर्केको हो । पछि सरकारले कानुन फिर्ता लिएको घोषणा गरेपनि प्रदर्शनकारीले कार्यकारी प्रमुखको राजीनामा माग्न थालेका थिए । यस क्रममा पनि मानिसहरु पक्राउ परेपछि उनीहरुले प्रदर्शनकारीलाई रिहा गर्नुपर्ने नयाँ माग थपेका हुन् ।

Leave A Reply

Your email address will not be published.