अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरमा हस्तक्षेप गर्न पाकिस्तानका प्रधानमन्त्रीको आग्रह

0

इश्लामाबाद \ बीबीसी – जम्मु काश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० को रद्ध गर्ने फैसलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले यो मामिलामा अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, “दुनियाले प्रतिक्षा गरिरहेको छ । भारतको कब्जामा भएको काश्मीरबाट कर्फयु हटोस् र थाहा होस् कि उत्पीडित काश्मीरीका बारेमा के भइरहेको छ । के भाजपाको सरकारले भारी मात्रामा काश्मीरीको विरुद्ध सुरक्षा बल खटाएर आजादीको आन्दोलन रोकिन्छ ? यसबाट आन्दोलन अझ धेरै अगाडि बढ्नेछ ।”

उनले दोस्रो ट्विटमा अन्तर्राष्ट्रिय समुदायलाई भारतद्वारा कब्जा गरिएको काश्मीरमा नरसंहारको साक्षी नबन्न आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.