त्रिशूलीमा बस खस्दा चार जनाको मृत्‍यु !

0

काठमाण्डौं – सर्लाहीको मलङ्गवाबाट काठमाण्डौं आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको र २५ जना हराइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बेपत्ताहरुको खोजी भइरहेको बताए । उनले कति जना बेपत्ता छन् भन्ने यकिन नभएको बताए ।

प्रहरी उपरीक्षक बैदवारले चालक निदाएपछि दुर्घटना भएको हुन सक्ने बताएका छन् ।अहिले घटनास्थलमा स्थानीय बासिन्दासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू उद्धारमा खटिएका छन् ।

दुर्घटनाग्रस्त बसको केही भाग मात्रै त्रिशूली नदीमा देखिएको छ । नदीमा बीच भागमा खसेको बसलाई निकाल्न क्रेन मगाइएको प्रहरी उपरीक्षक बैदवारले बताए ।

Leave A Reply

Your email address will not be published.