प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने

0

काठमाण्डौं – सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कने भएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।

“शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ”, डा अर्यालले भने । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड गएका हुन ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन ।

Leave A Reply

Your email address will not be published.