जिम्बाबेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा

0

बीबीसी – जिम्बाबेमा एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र संघले जिम्बाबेमा एक तिहाइ जनसंख्या अर्थात करिब ५० लाख जनसंख्या भोकमरीको चपेटामा परेकोले उनीहरुलाई खाद्य सहयोग आवश्यक रहेको जनाएको छ । विश्व खाद्य कार्यक्रम (डब‍्लुएफपी) ले ३३१ मिलियन डलरको आर्थिक सहयोग आह्वान गरेको छ । मुलुकमा साइकलन र आर्थिक संकटका कारण भोकमरी सिर्जना भएकोले सहयोग गर्न आग्रह गरेको हो ।

डब‍्लुएफपीका प्रमुख डेबिड बेसलीले संकट आपतकालको अवस्था सिर्जना हुनेतर्फ मुलुक गइरहेको बताए । जिम्बाबेले वर्षौंदेखि खाद्य समस्याबाट ग्रसित भए पनि यस वर्ष भने संकट नै पैदा भएको छ । पछिल्लो समय बाली भित्र्याउने समयमा खडेरी परेकोले उत्पादनमा ह्रास आएको तथा खाद्यान्नको मूल्य बढेको छ । खडेरीका कारण पानी सतह पनि घटेकोले पानी लिफ्ट गर्न पनि समस्या भएको छ ।

मुलुकमा आर्थिक संकट झेलिरहेको छ । मंगलबार डब्लुएफपीका प्रमुख बेसलीले करिब २५ लाख मानिसहरु भोकमरीको ठूलो समस्यामा परेको बताएका छन् । उनले भने, “हामीले भोकमरीबाट ग्रसित जनताका लागि सहयोग गर्न सकेनौं गम्भीर समस्या उत्पन्न हुन्छ । लामो समयपछि यसपटक लामो खडेरी परेको छ ।” यही वर्ष जिम्बाबेमा आएको साइक्लोनले पनि समस्या उत्पन्न गरेको छ । उक्त साइक्नमा सयौं मानिसले ज्यान गुमाएका थिए । इडी नाम दिइएको उक्त साइक्लोनका कारण पाँच लाख ७० हजार मानिसहरु प्रभावित भएका थिए भने दशौं हजार मानिसहरु घरबाहरबिहीन बनेका थिए ।

गत साता, जिम्बाबेका वित्तमन्त्री ठूली क्युबले आगामी जनवरीसम्ममा सात लाख ५७ हजार मानिसहरुलाई खाद्यान्ह उपलब्ध गराउने जनाएको छ । राष्ट्रपति इमरसन मनांगवाले खडेरी एक राष्ट्रिय विपद भएको घोषणा भएका छन् । सन् २०१७ मा रोबर्ट मुगाबेको राजीनामापछि उनि राष्ट्रपति बनेका थिए । संयुक्त राष्ट्रसंघले यसअघि नै २९४ मिलियन डलर सहयोगको अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.