कश्मिर घटनामा भारतीय कदम अस्वीकार्य: चीन

0

एजेन्सी – भारतमा मोदी सरकारले सोमबार जम्मु-कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ ।

भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र जम्मु-कश्मिरलाई केन्द्र शासित राज्यको दर्जा दिएकामा चीनले आपत्ति प्रकट गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन स्वीकार्य नभएको उल्लेख गरेकी छन् ।

उनले सीमा मुद्दा यसले अझ चर्काउने प्रतिक्रिया पनि व्यक्त गरेकी छन् ।

उनले संवाद र परामर्शको माध्यमबाट विवाद समाधान गर्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायीत्वलाई कायम राख्नु पर्छ भन्ने चिनियाँ धारणा रहेको उल्लेख गरेकी छन् ।

कश्मिर घटनाले चीनसँग भारतको तिक्तता बढ्ने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.