संसदमा उठ्यो नेकपाको धुम्बाराहीस्थित कार्यालयको विषय

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक जग्गामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको कार्यालय सञ्चालन भैरहेको विषय प्रतिनिधिसभामा प्रवेश गराएको छ ।

प्रतिनिधिसभा बैठकमा भुषालले ‘पर्वतारोहण प्रतिष्ठानका लागि ३ रोपनी ७ आना २ पैसा जग्गालाई सार्वजनिक जग्गा भोगाधिकार’ को विषयमा प्रश्न उठाएकी हुन् ।

कांग्रेस सचेतक पुष्पा भुषालले ‘सत्तापक्षलाई चैन अरुलाई ऐन’ लागू गरिएको बताएकी हुन् । ‘नेकपाले नियम कानुन मिचेर नेकपाको पार्टी कार्यालय सञ्चालन गरेको कुरा आवाज उठेको छ’, भुषालले भनिन्, ‘सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु। कांग्रेसको प्रतिष्ठाको चिन्ता नलिउँ । नियम मिचेर सार्वजनिक जग्गा भोगाधिकार गरेकोमा प्रतिष्ठानको चिन्ता गरौँ ।’

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति अनुसार कुनै पनि संस्थाले सरकारसँग लिजमा लिएको जग्गा तेस्रो पक्षलाई उपलब्ध गराउन पाउँदैन ।

बल्खुस्थित कार्यालय भूकम्पले भत्किएपछि तत्कालीन एमालेले ‘पासाङ ल्हामू प्रतिष्ठान’सँग भाडामा कार्यालय सञ्चालन गर्दै आएको छ । मंगलबार कान्तिपुर दैनिकले नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय सार्वजनिक जग्गामा रहेको समाचार प्रकाशित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.