दिनभरको मौसमी अवस्था कस्तो रहला ?

0

काठमाण्डौं – मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै हाल मनसुन सक्रिय बन्दै गएको छ । हाल देशको पूर्वका पहाडी भू–भाग, मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ।पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी तराईको मौसम सामान्यतया सफा रहेको छ ।

देशको पश्चिमी भू–भागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेभ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । चट्याङ्ग पर्ने सम्भावना पनि रहेको जनाइएको छ ।

यस्तै मंगलबार राति देशभरको मौसम सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्वी क्षेत्रका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.