पाकिस्तानमा सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु, विमानको आगो घरहरुमा सल्कियो

0

एजेन्सी – पाकिस्तानमा मंगलबार बिहान सैन्य जहाज दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । पाकिस्तानको रावलपिण्डीको आवासीय क्षेत्रमा सानो आकारको सैन्य विमान दुर्घटना भएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ज्यान गुमाउनेमा विमानको चालक दलका पाँच तथा १० जना सर्वसाधारण रहेका छन् । घटनामा अरु १२ जना घाइते भएका छन् । तालिमको क्रममा उडानमा र हेको विमान दुर्घटनामा परेको हो । दुर्घटनाका कारण आगलागी भएको विमान विभिन्न घरमा ठोक्किएको थियो ।

पाकिस्तानको राजधानी इस्लामावादबाट नजिकै रहेको रावलपिण्डी पाकिस्तानी आर्मीको मुख्यालय रहेको क्षेत्र हो ।

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनास्थलमा सर्वसाधारणहरु जम्मा भएको समाचार संस्था एएफपीले जनाएको छ । जहाज ठोक्किँदा घरहरु क्षतिग्रस्त भएका छन् । विमानको आगो घरहरुमा पनि सल्किएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.