प्रजातान्त्रिक कंगोका बिद्रोही नेता युद्ध अपराधमा दोषि ठहर, बाल सैन्य प्रयोग पनि एक मुद्दा !

0

एजेन्सी / बिबिसी – प्रजातान्त्रिक कंगोका एक जना बिद्रोही नेता युद्ध अपराध र मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसिसिका) न्यायाधीशलाई उदृत गर्दै बिबिसी सहितका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । 


नेपालमा पनि १० बर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्घंनका दोषीलाई कानुनी कठघरामा ल्याउने र पिडितलाई न्याय दिलाउने कुरामा ढिलाई भै रहेका बेला यो फैसला एक नजिरको रुपमा हुने सक्ने आधर देखिएको छ । स्मरण रहोस् प्रजातान्त्रिक कंगो पनि आईसीसीको पक्ष राष्ट्र वा रोम बिधान अनुमोदन गरेको राष्ट्र होइन । 


बाल सैन्य सहितका गम्भीर अन्तर्राष्ट्रिय मानवअधिकार उल्लंघनका मुद्दाको अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रिय चासो बढिरहेको समयमा यस्ता खाले नजिरले नेपालको संक्रमणकालिन न्यायलाई प्रभाव पार्ने प्रशस्त आधार भने देखा परेका छन् । 
प्रजातान्त्रिक कंगोका बोस्को नटगण्डका लडाकुहरुले शरीर चिरेर बालबालिकाहरुको भित्री अङ्ग निकाल्ने गरेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले जनाएको छ ।  `टर्मिनेटर´ नाम दिईएका नटगण्डमाथी हत्या, बलात्कार, यौन दासत्व सहित बाल सैन्यको प्रयोगको मुद्दा लगायतका १८ अलग अलग कसुरमा दोषी पाईएको हो । 


अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले यौन दासत्वको मुद्दामा दोषी ठहर गरीएका उनी पहिलो ब्याक्ती हुन । २००२ मा आईसीसी गठन भएयता युद्ध अपराध र मानवता बिरुद्वको अपराधमा दोषी ठहर भएका चौथो ब्याक्ति रहेको समेत बिबिसीले उल्लेख गरेको छ । 


यो सँगै प्रजातान्त्रिक कंगोमा बिद्रोह अन्त्य भएको घोषणा भएको छ । 


कैयौं सशस्त्र बिद्रोहमा सहभागी 

४६ वर्षीय नटागन्ड रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका भएका कैयौँ सशस्त्र विद्रोहमा सहभागी भएका थिए । सन् २०१३ मा उनले कङ्गो स्थित अमेरिकी दूतावासमा आत्मसमर्पण गरेका थिए ।

एम-२३ नाम गरेको विद्रोही समूहसँगको शक्ति सङ्घर्षमा हार बेहोरेका नटागन्डले उक्त कदम आफूलाई बचाउनका लिएको विश्लेषकहरूको भनाइ छ ।

सुनुवाइमा संलग्न तीन जना न्यायाधीश मध्ये एक रोबर्ट फ्रेमरले नटागन्ड सर्वसाधारणलाई निसाना बनाउन र हत्या गर्न निर्देशन दिने प्रमुख नेता मध्ये एक भएको फैसलाका क्रममा बताए ।

उनले नेतृत्व गरेको सशस्त्र समूहले हेमा जातीय समूह बाहेकका सर्वसाधारणलाई आक्रमण गर्ने गरेको आईसीसीको अनुसन्धानले देखाएको छ ।

एउटा आक्रमणका क्रममा उक्त समूहले ४९ जनालाई केराबारीमा मारेका थिए ।

महिला र बालबालिका समेत मारिएका उक्त आक्रमणमा लट्ठी र धारिलो हतियारको प्रयोग गरिएको थियो। फ्रेमरका अनुसार कतिपय शव नग्न अवस्थामा थिए भने कतिको हात बाँधिएको थियो ।

न्यायाधीशहरूका अनुसार नटागन्ड आँफैले एक जना पादरीलाई मारेका थिए । ‍सन् १९९९ देखि उक्त क्षेत्रमा ६० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.