पञ्चेबाजा सहित युरो नेपाली कलाकार संघ बेल्जियमको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न

0

डिल्ली अम्माई \ बेल्जियम – गत ६ जुलाई २०१९ सनिवारको दिन बेल्जियममा युरो नेपाली कलाकार संघ स्थापना कालदेखी हाल सम्म आफ्नो चौथो अधिवेसन सम्पन्न गरेको छ ।

संस्थापक अध्यक्ष मिन गुरुङ, राम पदम गुरुङ र पार्वती अधिकारी द्वारा सुरुवात गरीएको यो संस्था सन् २००७ मा स्थापना भएको हो । बेल्जीयममा नेपाली कला संस्कृती लाई प्रबर्धन गर्ने उदेश्यले यो संस्थाको स्थापना गरिएको थियो । बेल्जीयममा नेपाली मौलिक संस्कृतिको साथमा मौलिक नेपाली गीत संगित तथा डान्स प्रस्तुत गर्नुका साथै नेपाली भाषी बच्चाहरुको लागि स्कुल समेत संचालन गर्दै आएको छ । भने संस्था सन २००९ देखी बिधिवत रुपमा संचालित छ ।

स्थापना काल देखी हाल सम्म १२ वर्ष पार गरेता पनि बैधानीक एबं विधिवत रुपमा १० वर्षको अन्तराल भित्र ४ वटा अधिवेसन सफलताका साथ सम्पन्न गराई सकेको छ ।

स्मरण रहोस: ENAA बेल्जीयमले चौथो अधिवेसन सम्म आइ पुग्दा नेपाली मौलिक लोक बाजाको अभ्यास पनि तिब्र रुपमा अगाडी बढाएको छ ।

भर्खरै सम्पन्न चौथो अधिवेसन द्वारा सर्व सम्मतका साथ युरो नेपाल कलाकार एसोशियसनमा नयाँ कार्य समितिको चयन भएको छ । बलराम पुनको नेतृत्व रहेको उक्त नयाँ कार्य समितीमा –

अध्यक्ष : बलराम पुन
बरिष्ठ उपाध्यक्ष: गडूल्धोज (जिम्मी) गुरुङ
उपाध्यक्ष:मुना ताम्राकार
महासचिव: संजय के.सी.
सचिव:………………….पहीलो बैठकले तय गर्ने ।
कोसाध्यक्ष: शान्ती पुन
सहकोसाध्यक्ष:………….पहिलो बैठकले तय गर्ने ।

यस्तै क्रमस: सदस्यहरुमा
नारायण धिताल
परमानन्द सापकोटा
नवराज थापा
भारत लामा
निशा आले
बविता के. सी.
शारदा कोइराला रहेका छन् ।

त्यस्तै साउण्ड सिस्टम डाइरेक्टर:मिन पुन रहेका छन् भने मेडिया पाटनरमा पुरुषोत्तम सुबेदी रहेका छन् ।
त्यस्तै नृत्य शिक्षीकामा आन्त्रोपेन बाट शोफिया महर्जन र सह-शिक्षीका द्वय दिपीका के. सी. एबं सरीना पौडेल रहेका छन् भने लुभेन बाट नृत्य शिक्षीकामा मिङ्ग्मा शेर्पा रहेका छन् ।

त्यस्तै सल्लाहकार तर्फ:
मिन गुरुङ,पार्वती अधिकारी , र पदम गुरुङ रहेका छन् ।

Leave A Reply

Your email address will not be published.