समुद्रमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव

0

एजेन्सी – अमेरिकाले चीनलाई दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यसलाई ‘तर्साउने नियत’ भनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट क्षेप्यास्त्र प्रहार गरेको र चिनियाँ कदम सो क्षेत्रमा शान्ति स्थापना गर्ने दाबीविपरीत भएको बताएका छन् ।

बेइजिङले सैन्य अभ्यास गरेको स्वीकारे पनि क्षेप्यास्त्र प्रहार गरे वा नगरेको केही जनाएको छैन ।

ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले उक्त विवादित क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् । चीनले ‘नाइन ड्यास लाइन’ भनिने ठूलो क्षेत्रमा अधिकार दाबी गरेर त्यहाँ कृत्रिम टापुमा सैन्य संरचनाहरू निर्माण गरिरहेको छ ।

बेइजिङले सैन्य अभ्यासका पाँच दिनका लागि स्पार्टी र पारासेल टापुबीचको क्षेत्रमा नआउन पानीजहाजलाई सचेत गराएको थियो । अमेरिकाले क्षेत्रीय मामिलामा अनावश्यक उत्तेजना फैलाएको र हस्तक्षेप गरेको चीनको आरोप छ ।

Leave A Reply

Your email address will not be published.