कैलालीमा माइक्रोबसको ठक्करबाट महिलाको मृत्यु, राजमार्ग अवरुद्ध

0

कैलाली – राजीपुरमा माइक्रोबसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय चौमालाका इन्चार्ज विधुर चन्दका अनुसार गौरीगंगा नगरपालिका – ४ राजीपुर चोकमा माइक्रोबसले किच्दा सोही ठाउँकी ५० वर्षीय गौरी नेपालीको ज्यान गएको हो ।

धनगढीबाट नेपालगञ्ज गइरहेको बा ५ ख ४०३१ नम्बरको माइक्रोबसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

माइक्रोबस र चालक राजु गिरी भने प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । स्थानीयहरूले मृतक परिवारलाई क्षतिपूर्तिको माग सहित राजमार्ग अवरुद्ध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.