ओली-दाहाल छलफल आज पनि हात लाग्यो शुन्य !

0

काठमाण्डौं – पार्टीको राजनीतिक प्रतिवेदनलाई लिएर उत्पन्न मतभेद साम्य पार्ने प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल बिना निष्कर्ष सकिएको छ ।

यी सहित अन्य बिबिध बिषयमा आबश्यक छलफल गरी टुंगोमा पुग्न दुई अध्यक्षबीच बुधबार बिहान छलफल चलेको थियो । तर उक्त छलफल कुनै टुंगोमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका ओलीले आफ्ना नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जवज’ राजनीतिक प्रतिवेदनमा नराख्ने निर्णयमा पुगे पनि अन्य महत्वपूर्ण विषयहरुमा एक मत बनाउन नसक्दा नेकपाको राजनीतिक प्रतिवेदन संकटमा परेको छ ।

राजनीतिक प्रतिवेदन सहमतिका साथ प्रकाशन गर्ने प्रयासस्वरुप आइतबार ओली र दाहालले झण्डै तीन घण्टा बालुवाटारमा छलफल गरेका थिए। तर छलफल निष्कर्ष उन्मुख हुन नसकेपछि छुट्एिका उनीहरुबीच बुधबार बिहान फेरि छलफल भएको हो ।

सहमति हुन नसके राजनीतिक प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटिको बैठकमा ल्याएर बहुमतले पारित गर्ने रणनीतिमा दाहालसहित अन्य शीर्ष नेताहरु पुगेको स्रोतको दाबी छ ।

Leave A Reply

Your email address will not be published.