तुलसी नेपाल / जनकपुर – प्रदेश २ सरकारका कृषि सहकारी तथा भुमी ब्यबस्था राज्यमन्त्री योगेन्द्र राय यादवले बिकास बिरोधी तत्वको उक्साहटमा रौतहटका केही सञ्चारमाध्यमले आफ्नो बारेमा भ्रामक समाचार लेखेको दावी गरेका छन् ।
रौतहटको क्षेत्र नम्बर १ को `ख` बाट प्रदेश सभा सदस्यमा निर्वाचित राज्यमन्त्री यादवले कमिशन लिएर आफन्त र नातागोतालाई योजना दिने गरेको भन्दै रौतहटका पत्रकार राकेश यादवले `मधेसवाणी´ दैनिकमा समाचार लेखेका थिए । यसै सम्बन्धमा चारदिशा सँग कुरा गर्दै राज्यमन्त्री यादवले आफू विरुद्ध बदनियतपुर्वक भ्रामक समाचार लेखेको भन्दै आरोपको पुष्टि गर्न समेत चुनौती दिए ।
पत्रकार यादवले आर्थिक लाभको लागि समाचार लेखेको तर्फ संकेत गर्दै राज्यमन्त्री यादवले आफुलाई कमजोर पार्ने र भ्रम फैलाउने नियतले कसैको उक्साहटमा लेखिएको प्रायोजित समाचारको पछि नलाग्न र सचेत रहन आफ्ना मतदाता, शुभेच्छुक र समर्थकलाई आह्वान समेत गरे ।

आफू राज्यमन्त्री भएदेखि नै बिकास निर्माणको काममा लागेको स्मरण गर्दै राज्यमन्त्री यादवले बिकास देखि आत्तिएका विपक्षीहरुले पत्रकारलाई प्रयोग गरि बिकास निर्माणका काममा बाधा अड्चन ल्याउन खोजेको दावी गर्दै आफ्ना काममा जति नै अड्चन आए पनि कुनै फरक नपर्ने जिकिर गर्दै आफुले पनि गर्न नसक्ने अरुले राम्रो गरेको पनि देख्न नसक्नेहरु एक दिन आफैं समाप्त हुने उनको भनाइ छ ।