जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी

0

कर्णाली प्रदेशको जाजरकोट, लहमा स्वास्थ्य चौकी निर्माण गर्न गैर आबासीय नेपाली संघ बेल्जियमले च्यारिटी सान्स्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।


आगामी जुलाई सात तारिख लुभेनमा आयोजना गरिएको यस् परोपकारी कार्यक्रममा गैर आबासिय नेपाली संघका केन्द्रीय पदाधिकारी लगायत बिभिन्न संघ संस्थाका अग्रज ब्यक्तिहरुको सहभागिता रहने छ । ख्याती प्राप्त स्थानीय कलाकारहरुले मनोरन्जन गराउने उक्त कार्यक्रममा रात्री भोजको ब्यबस्था पनि गरिएको छ ।

सान्स्कृतिक कार्यक्रमबाट उठेको रकमले स्वास्थ्य चौकी निर्माण र महिला र बालबालिकाका लागि स्वास्थ्य शिबिर सन्चालन गरिने छ । यस् परियोजनाका लागि हाल सम्म लोक दाहाल १००० युरो , पदम गुरुङ १००० युरो, अर्जुन कुमार श्रेष्ठ ५०० युरो , आङमाया लामा ५०० युरो , योगिता थापा ५०० युरो , करिम् लतिफ १०० युरो, पुष्प नेपाल ५० युरो र ओम शर्माबाट २०० युरोको सहयोग प्राप्त भैसकेको छ, भने एनआरएनएका केन्द्रीय पदाधिकारीहरु अन्य संघ संस्थाहरुले सोही दिन आफुले सहयोग गर्ने राशिको घोषणा गर्ने बताउनु भएको छ ।

एनआरएनएको एक देश एक परियोजना अभियानका लागि बेल्जियमले गर्न लागेको यो परोपकारी काममा सबै बेल्जियमबासी नेपाली समुदायको सहयोग र सहभागिता रहने च्यारिटी कार्यक्रमका सन्योजक एबम आईसिसि सदस्य पदम गुरुङले बताउनु भएको छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले आफ्नो कार्यसमितीका पदाधिकारी र बेल्जियमबासी नेपाली समुदायलाई आत्मसन्तुष्टि दिने यो परोपकारी परियोजनाका लागि कार्यक्रममा उपस्थित भएर, चन्दा दिएर सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.