समाजवादी पार्टी र राजपाबीच एकता गर्न सहमत

0

काठमाण्डौं – समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता गर्न सहमती जुटेको छ ।

एकताको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् ।

दुवै पक्ष एकिकरणमा सहमत भएपनि कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने बारे अहिले छलफल भईरहेको छ । दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशन अगावै एकीकरण टुङ्गो लगाउने गरि छलफल भईरहेको बुझिएको छ ।

नेता व्यवस्थापनमा राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रममा पहिलो नम्बरको अध्यक्ष, बाबुराम भट्टराईलाई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो बरियताको अध्यक्ष राख्ने गरी छलफल भईरहेको छ । राजेन्द्र महतोलाई बरिष्ठ नेता राख्ने गरी पनि छलफल चलिरहेको छ ।

कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दल सहमत छन् ।

Leave A Reply

Your email address will not be published.