जब हङकङको संसदभित्रै प्रदर्शनकारी छिरे

0

बिबिसी \ एजेन्सी – सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरी प्रदर्शन चर्किएको छ ।

प्रदर्शनकारीले सोमबार हङकङको विधायिकामा प्रवेश गरेका छन् । संसदभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच विवाद उत्पन्न भएको बिबिसीले उल्लेख गरेको छ ।

दर्जनौं प्रदर्शनकारीले विधान परिषद भवनको भ्यालको सिसा फुटाइ दिएका छन् जसलाई ठूलो प्रदर्शनकारी समूहले बाहिरबाट साथ दिएको थियो ।

किन भइरहेको छ प्रदर्शन ?

उक्त विधेयकका आलोचकहरूले कानुनमा गरिने परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफूसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाउका अधिकारीहरूले आग्रह गर्न सक्छन् ।

हङकङका अधिकारीहरूले आग्रहअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङको अदालतमा रहेको बताएका छन् ।

सरकारले भने कम्तीमा ७ वर्षको जेल सजाय पाएर भागेकालाई मात्रै सुपुर्दगी गर्ने भन्दै सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ ।

गत वर्षको फेब्रुअरीमा हङकङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आफ्नी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ ।

ती युवा ताइवानबाट भागेर हङकङ फर्किएका थिए । ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङकङका अधिकारीहरूलाई आग्रह गरेका थिए ।

तर ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने उत्तर हङकङका अधिकारीहरूको उठाएका थिए ।

कुनै बेला बेलायतको उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’ को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ ।

Leave A Reply

Your email address will not be published.