कडा प्रतिरोध गर्ने विप्लप समूहको चेतावनी

0

संखुवासभा मुठभेड प्रकरण

काठमाडौं – सोमबार संखुवासभाको सिलिचुङ गाउँपालिकामा सुरक्षाकर्मीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले निन्दा गरेको छ ।

नेकपा प्रवक्ता प्रकाण्डले सोमबार साँझ विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण कार्यक्रममा दमन गरेको भन्दै निन्दा गरेका छन् । उनले सरकारले एकतिर शान्ति र लोकतन्त्रको कुरा गर्ने र अर्कोतर्फ शान्तिपूर्ण राजनीतिक कार्यक्रममा दमन गर्ने गरेको भन्दै कडा आलोचनासमेत गरेका छन् । उनले सरकार यसरी नै दमनमा उत्रे कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् । 

Leave A Reply

Your email address will not be published.