पाँच भारतीय नागरिकको नेपाली नागरिकता खारेज

0

काठमाडौं – सरकारले पाँचजना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने पाँच जना भारतीयको नागरिकता खारेज गर्दै कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार सरकारले गरेको निर्णय सार्वजनिक गर्दै पाँच भारतीय नागरिकको नागरिकता खारेज गरी ती कार्यमा संलग्न व्यक्तिलाई समेत कानुनी कारबाही गर्ने निर्णय भएको बताए ।

मन्त्री बाँस्कोटाका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर तथा रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनी चिनिने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता खारेज गरेको हो ।
राजधानीबाट

Leave A Reply

Your email address will not be published.