जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला

0

पोखरा – पोखरा महानगरपालिकाको गेटमा बिहीबार ताला लागेको छ । पाँचौं नगरसभामा प्रस्तुत वार्षिक बजेट विवरण र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने भन्दै कांग्रेसनिकट जनप्रतिनिधिले महानगरको मूलद्वारमा ताला लगाएका हुन् ।

बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ । बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने कांग्रेसनिकट जनप्रतिनिधिले बताएका छन् ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.