गैंडाको खागसहित ३ जना पक्राउ

0

काठमाडौं- काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खागसहित ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले १ थान गैंडाको खाग र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने गोरखा चुमनुब्री गाउँपालिका–३ सिर्दिबास बस्ने ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ महादेववेशि थाक्रे गाउँपालिका–६ बस्ने मकवानपुर घर भएका ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ महादेव वेशि थाक्रे गाउँपालिका–११ बस्ने ३४ वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका छन् ।

उक्त स्थानमा डेरा गरी बस्ने लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्री बितरण कारोबार गरिरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लालबहादुरको डेराकोठा खानतलासी गर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.