भारतको हरियाणा कांग्रेस प्रवक्ताको गोली हानेर हत्या

0

एजेन्सी – भारतको हरियाणाको फरीदाबादमा भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएकाे छ । चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन् ।

गोली लागेपछि ढलेका चौधरीलाई सर्वाेदय अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका उनलाई डाक्टरले बचाउन सकेनन् । घटनास्थलमा १२ वटा गोलीका खोल भेटिएका छन् ।

प्रहरीका अनुसार दुई जना व्यक्तिले चौधरीमाथि गोली वर्षाएका थिए ।

विकास चौधरीको हत्यापछि हरियाणा कांग्रेसका अध्यक्ष अशोक तन्वरले ‘जंगल राज’ को प्रतिक्रिया दिएका छन् । कानुनको कसैलाई डर नभएको बताउँदै उनले हत्याको गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

मृतक चौधरी हरियाणा कांग्रेसका प्रदेश प्रवक्ता हुन् ।

Leave A Reply

Your email address will not be published.