युरोपमा पनि जातीय विभेद ? – “सानो जात भन्दै विभेद गरी कुटपिट गरे, न्याय चाहान्छु – सुजन वि.क”,

0

पोर्तुगल, २५ जुलाई,

पोर्तुगलमा रहेका एक युवाले आफुमाथी सानो जात भनेर जातीय विभेद, अपमान र गम्भीर कुटपिट भएको भन्दै न्यायको लागि अपील गरेका छन् । कास्कीको पोखरा घर भै हाल रोजगारको लागि पोर्चुगलमा रहेका ३० वर्षिय सुजन वि.कले बारा जिल्ला घर भै हाल पोर्तुगल बस्ने सोमबहादुर तामाङले जातीय विभेदजन्य गाली गलोज गरी कुटपिट गरेको भन्दै शनिवार विज्ञप्ती निकाली न्यायको लागि अनरोध गरेका हुन् ।

घटना वितेको जनवरी महिनामा भएको थियो । कामको शिलसिलामा बेल्जियम गएको बेला तामाङले आफुमाथी विभेद गरेको र कुटपिट गरेको वि.कको भनाई छ ।

‘मलाई तामाङले जनवरी २०२६ देखि निरन्तर जातीय भेदभाव, जातका आधारमा अपमान, मौखिक दुर्व्यवहार, धम्की तथा मानसिक उत्पीडन गर्दै आए भौतिक रुपमा कुटपिट पनि गरेपछि अस्पताल गएर उपचार गरें रिपोर्ट पनि ।’ वि.कले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ

। ‘कामी करेटो, सानो जात भन्दै पटक-पटक गालीगलौज र धम्की दिए, नराम्रोसंग पिटे कार्यस्थल तथा बसोबासको वातावरण असुरक्षित र शत्रुतापूर्ण बनाउने कार्य गरे, मोवाइल पनि फुटाई दिए ।’ आफ्नो पीडा पोख्दै वि.कले भने ।

कुटपिट गरेपछिको चोटपटकका तस्बिरहरू तथा सन्देश तथा अन्य सञ्चार अभिलेखहरू पनि आफुसंग सुरक्षित रहेको पीडितको भनाई छ ।

वि.कको विज्ञप्तीमा लेखिएको छ, ‘परदेशमा रहंदा पनि मलाई जातीय रुपमा विभेद र छुवाछुतजन्य शब्द प्रयोग गर्दै अपमान गर्ने र भौतिक रुपमा कुटपिट गर्ने पीडक तामाङलाई कडा कार्बाही गर्नको लागि सबैले साथ र सहयोग गर्नु हुन् अनुरोध छ ।’

पीडकमाथी कानुन बमोजिम फौजदारी अभियोजन चलाइयोस् र विशेष रूपमा, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम आवश्यक कानुनी कारबाही गरियोस् भन्ने माग रहेको छ । ‘सम्पूर्ण न्याय प्रेमी दाजुभाइ, दिदी बहिनी तथा सबै संघसंस्था, मानवाधिकारकर्मी र पत्रकार/सञ्चारकर्मी समक्ष हार्दिक अपिल गर्दछु ।’ वि.कको अपील छ ।

Leave A Reply

Your email address will not be published.