अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु

0

काठमाण्डौ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० पोखेडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप पोखेडाडाँमा दुर्घटना हुदाँ एक जनाको मृत्युु भएको हो ।

दुर्घटनामा सन्धिखर्क ९ नौलापानीनिवासी बोमबहादुर चुँदालीको ज्यान गएको छ । तीनजना सवार रहेको डबल क्यापमा अन्य २ जना घाइते भएका छन् । ओरालो बाटो भएका कारण गाडी चिप्लीएर दुर्घटना भएको चालकको भनाई रहेको छ ।

जिपचालक झविन्द्र खत्री र अनिल जिसी घाइते भएका छन्, जसमध्ये जिप चालक झविन्द्रको अवस्था गम्भीर छ ।

घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको छ । जिप बाटोबाट करिब २ सय मिटर तल झरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.