माडगास्करको रङ्गशालामा किचिएर १५ जनाको मृत्यु

0

बिबिसी – माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एक विशेष कार्यक्रममा किचिएर कम्तिमा १५ जना मानिसको ज्यान गएको बीबीसीले जनाएको छ ।

सो दुखद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन् ।

राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। गत सेप्टेम्बर महिनामा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए। स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए ।

तर प्रत्यक्षदर्शीहरूले केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.