५ घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

0

काठमाडौँ – आज बिहानैबाट अवरुद्ध धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग दोहोरो रुपमा सुचारु भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले करिब साढे ९ बजेबाट दोहोरो रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार बिहानबाट अवरुद्ध सडक ९ वटा स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासीले ५ घण्टापछि खुलाएका हुन् ।

सडक अवरुद्ध भएपछि १५ किलोमिटरसम्मको राजमार्गमा करिब ७-८ सय यातायातका साधन रोकिएका थिए । सडक खुलेसँगै पहिरोले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Leave A Reply

Your email address will not be published.