१८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ पक्राउ

0

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगद १८ लाख ४७ हजार रूपैयाँ र कौडासहित ५ जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका-८ मुड्खुमा बा २ ज ४८२६ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा साे रकम र काैडासहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-१६ बालाजु बस्ने वर्ष ३९ को दिपक राई, बालुवाटारमा बस्ने वर्ष २५ को राज तामाङ, गौरीघाट बस्ने वर्ष ४१ को राजु ब्लोन, उदयपुर घर भई चाबहिल बस्ने वर्ष २० को मिलन कार्की र उदयपुर घर भई कपन बस्ने वर्ष २७ को अशोक तामाङ रहेका छन् । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Leave A Reply

Your email address will not be published.