गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिइँदै

0

काठमाडौं – सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिने भएको छ ।

राष्ट्रियसभामा दर्ता भएको विधेयक आज फिर्ता गर्न लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसद्मा दर्ता गराइसकेको छ ।

राष्ट्रियसभाको आज बस्ने बैठकमा विधेयक फिर्ता गर्ने प्रस्ताव पेश गरिने बताइएको छ । गुठी विधेयकको विरोधमा काठमाडौंका नेवार समुदायले प्रदर्शन गर्दै आएका थिए ।

प्रदर्शन चर्किंदै गएपछि भूमि व्यवस्था सहकारी र गरिबी निवारण मन्त्री पद्मा अर्यालले असार ३ गते नै विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन । 

Leave A Reply

Your email address will not be published.