गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट

0

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ ।

मंगलबार बिहान करिब ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट भएको गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरीले जानकारी दिइन् ।

राती १ बजे नगरपालिकाका सुरक्षा गार्डले एक जनालाई झोला नगरपालिका कार्यालयमा फालेर जंगलतिर भागेको देखेपछि डिस्पोजका लागि सेनाको टिम बोलाइएको थियो ।

तर नेपाली सेनाको बम डिस्पोजल टोली पुग्नुभन्दा अगाडि नै बम बिस्फोट भएको उप प्रमुख चौधरीले बताइन् ।

बम बिस्फोट भएपनि सामान्य भित्ता मात्र चर्किएको छ ।

Leave A Reply

Your email address will not be published.