विप्लव समूहद्वारा दुई वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

0

काठमाडौं – विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५/६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको डीएसपी शाहीले बताए ।

उता ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको खबर छ । तर ढकारी प्रहरी चौकिबाट दुई घण्टाको पैदल दुरीमा रहेको वडा नम्बर ५ मा प्रहरी पुगेर घटनाको विवरण संकलन गरिरहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । यो खबर आजको नयाँ पत्रिकामा ध्रुव बिसीले लेखका हुन् ।

दुबै घटनामा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख निरक शाही लगायतको संलग्नता रहेको भन्दै प्रहरीले उनको समूहलाई तत्काल पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।

Leave A Reply

Your email address will not be published.