धादिङमा बोलेरो जीप दुर्घटना, चारजनाको मृत्यु

0

काठमाडौं – धादिङको गल्छी गाँउपालिका–६ बाजगाउँ स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

कार्की डाँडाबाट बैरेनी हाईवेतर्फ आउँदै गरेको बा १८ च ९४०८ नं.को बोलेरो आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।  दुर्घटनामा धादिङ गल्छी–४ कार्की डाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार, गल्छी–६ की ३० वर्षीय कान्छी भुजेल र २५ वर्षीय नानु तामाङको घटनास्थलमै ज्यान गएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.