प्रहरीसँगको भिडन्तमा सर्लाहीमा विप्लव नेता पौडेल मारिए

0

जनकपुर – नेकपा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल बिहीबार प्रहरी कारबाहीमा मारिएका छन् ।

सर्लाहीको लालबन्दीमा प्रहरी कारबाहीमा उनी मारिएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीमा गोली हानेको थियो। ती चारजना मध्ये प्रहरीको गोली प्रहारबाट एक जना मारिएका थिए भने तीन जना भागेको पोखरेलले जानकारी दिए ।

दुईवटा मोटरसाइकलमा आएका उनीहरु प्रहरीसँग भिड्न नसकेपछि जंगलतिर भागेका थिए। उनीहरुका दुईवटा मोटरसाइकल अहिले प्रहरी नियन्त्रणमा छन् । तीमध्ये एउटा अनटेस्ट लेखेको एफ जेड मोटरसाइकल छ भने अर्को ना २२ प ६४ नम्बरको १५० सिसीको पल्सर रहेको प्रहरीले जानकारी दिएको छ ।

पौडेलको झोलाबाट थ्री नट थ्री पेस्तोल र कटुवा बन्दुक बरामद भएको दाबी पनि प्रहरीले गरेको छ ।

Leave A Reply

Your email address will not be published.