जनकपुरमा मापदण्डबिपरीत सञ्चालित ४ औषधी पसल शिलबन्दी

0

जनकपुरमा मापदण्ड बिवरीत सञ्चालन गरिएको ४ औषधी पसलमा वुधबार शिलबन्दी गरिएको छ ।

औषधी व्यवस्था विभाग शाखा कार्यलय बिरगञ्जले अनुगमण गर्ने क्रममा जनकपुरको अस्पताल रोडमा सञ्चालन भईरहेको अधिकांश औषधी पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाईएको थियो ।

समितीले अनुगमन गर्ने क्रममा ४ औषधी पसलहरु शिलाबन्दी समेत गरेका हुन् । यसरी अनुगमन गर्न आएको थाहा पाई अधिकांश सञ्चालकहरु पसल बन्द गरी भागेका थिए ।

अनुगमनको क्रममा प्रदेश २ को राजधानी जनकपुरका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत अवैधरुपमा सञ्चालनमा रहेको पाइएको बताइएको छ ।

अनुगमनका क्रममा कतिपय औषधि पसलहरुमा म्याद सकिएका औषधिसमेत बिक्रि गरेको, औषधिमा ब्याच नम्बर र एक्सपायर मिति नखुलाई बिक्री गरेको, नियमित सेवाग्रहीलाई बिल नदिएको र फार्म्सिस्ट बिना पसल सञ्चालन गरेको भेटिएको हो ।

अनुगमन समितिका नेतृत्वकर्ता डा चन्देश्वर यादवले समितिले बुधबार ११ वटा औषधि पसलमा अनुगमन बताउँदै अनुगमन गरिएको प्रायःजसो पसलमा केही न केही कमीकमजोरी रहेको बताए ।

Leave A Reply

Your email address will not be published.