त्रिविमा ‘गोल्ड मेडल’ नै किनबेच

0

काठमाडाैं – त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दीने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् । आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । तर, विस्तृत विवरण आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

स्रोतका अनुसार गोल्ड मेडल पाउने गरी उच्च अंक थप्न करिब पाँच लाख रुपैयाँ लेनदेन भएको छ । पनिकाका अन्य कर्मचारीमाथि समेत अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनायो ।

Leave A Reply

Your email address will not be published.