ओली र प्रचण्डबिच छलफल चल्दै

0

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबिच बालुवाटारमा छलफल भइरहेको नेकपा नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

ओली र प्रचण्डबिच गुठी विधेयक फिर्ता लिएपछि पनि नरोकिएको आन्दोनल तथा संसदमा प्रतिपक्षी नेपाली कांग्रेसले गरेको विरोधसहितका समसामयिक राजनीतिक परिवेश बारे छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार संसदमा सम्बोधन गर्न पाएका थिएनन् कांग्रेस सांसदले रोस्टम घेराउ गरी नाराबाजी गरेका कारण । बुधबारको संसद बैठकमा कांग्रेस नेता देउवाले आक्रमक मुद्रामा संसदमा सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.